ठेकेदारको संरक्षण विकासको विनाश
हैन यी रास्वपा मन्त्रीलाई नि कति भाइरल हुन मन ला हो के ! कैले कुन मन्त्री, कैले कुन मन्त्रीले मनलाग्दी बोल्दा सबैतिर आलोचनै आलोचना भैरा बेला फेरि पूर्वाधार मन्त्रीले पोल सार्ने ठेक्का ल्या ठेकदारले काम गर्देन भनेछि “त्यसका खुट्टा भाँचेर भ एनि काम लाउनु !” भनेछि बस के चाइयो र ?
मन्त्री त छिनका छिनमा हिट भएर जता गयो उनकै कुरा मात्रै सुन्न पाईन्छ गाँठे । हु त नेपालका ठेक्दार पनि त उस्तै छन त ! आँफुले ल्या ठेक्का समयमा पूरा गर्दिन्नन् । अनि त मन्त्रीले नि के भनुन तनि “रिसको झोकाँ वाहुनले वेद पढदैन” भन्छन् त हो त्यै भा त होला यो घटना नि ।
हिजका दिनाँ ठेक्दारहरले काम गर्न पर्दैनथ्यो । यौटा नेता पछि लाएछि पेश्की र किस्ता पाईन्थ्यो काम नगरे नि उसलाई जिम्मेवारीले पेल्थेन कानुनले दण्डित गर्थेन अल्ली कडा खालको हाकिम आएर काम गर्न भन्यो मन्त्री हो कि प्रधानमन्त्री समाएछि उल्टै हाकिमको सातो नेताले खान्थे ।
अनि ठेक्दारहरु चुनाबका बेलाँ एकपटक नेताको पछि लाएर हिँडेछि उल्लाई कसैले हल्लाउन सक्दैनथ्यो । ठेकेदारको विरोध गर्ने हिम्मत जनतामा थिएन ।
ठेकेदारकै संरक्षण गरेर विकास निर्माण अलपत्र पार्ने गरेका कारण त हो बालेनले काम नगर्ने ठेक्दारलाई रुखमा बाँधेर हुन्छ कि झुण्डाएर हुन्छ काम गराएरै छोडिन्छ भनेर त हो एकुन्ताक प्रधानमन्त्री नै भाईरल भा । अनि ऐले फेरि विभागीय मन्त्रीले नि नथर्काई नहुने भएछि उनी पनि भाईरल भए ।
ठेक्का पट्टा र विकास निर्माणमा हामी कर्नालीका जनताले जति सास्ती त कल्ले व्यहोर्या होला र ? देशाँ बहुदल आयो अनि सबभन्दा पैला चौकुने सिमेन्ट उद्योग बनाउने कुरा आयो ।
हेटौडाको सुमार्गीले ठेक्का लियो । सुमार्गीसितकै पाट्नर रैछन माओवादी नेता प्रचण्ड, प्रचण्ड र सुमार्गीको खेलमा चौकुनेमा मुक्तिश्री प्रालि भनेर बोर्डसम्म टाँसपयो तर उद्योग आज बन्ला भोलि बन्ला भन्दा भन्दै आज ३५ वर्ष भयो न त्यो उद्यो बन्यो न त्यो ठेकेदारलाई कार्वाही भो न ठेक्काको काम उसले गर्यो न ठेक्का तोडियो !
किन यस्तो भो को जवाफ खोज्ने हो भने प्रचण्ड र सुमार्गीलाई एकठाँ उभ्याएर सोध्यो भने भन्लान के भएर यस्तो भो ! त्यति मात्रै हो र त्यै क्षेत्रमा विद्युत उत्पादन गर्न जिएमआरलाई ठेक्का दिईयो त्यो जिएमआर नामक कम्पनीले नि काम गरिदिएन । न त ठेक्का तोड्न र काम गर्न गिरिजाले दिए न प्रचण्डले । सबैभन्दा धेरै विद्युत उत्पादनका ठेक्का कर्नाली नदीमा होलान् तर ती ठेक्का अँझै अलपत्रै छन ।
देशभर यस्ता ठेक्का त कति अलपत्र छन् कति ! हिजोको सरकारले ठेकेदारलाई ठेक्का त दियो तर काम गर भन्न सकेन त्यसको कारण भनेको भष्टाचार नै हो ।
ऐलेको यो सरकार ठेकेदारबाट देशका विकास आयोजना अलपत्र परेको कुरा महसुश त गरिरहेको छ । तर विकास आयाजनाको कार्यान्वयनमा जान सकिरहेको छैन । तोडिएका ठेक्काको कार्यान्वयन गराउन नसक्दासम्म विकास निर्माणले गति लिन सक्दैन ।
ठेकेदारहरु यो सरकारसित काम गर्ने मुडमा देखिन्नन् । उनीहरु एक भएर काम नगर्ने पक्षमा गए भने के गर्ने भन्ने वैकल्पी उपाए नसोचेसम्म उपाए छैन ।
हिजोका दलहरुले च्यापेर हिँडेका ठेकेदार नामका सिनोहरुलाई चलाउँदा नि गन्धै आउने नचलाउँदा नि गन्धै आउने भएछि यसलाई कसरी व्यवस्थापन गर्दा यसको दुर्गन्ध फैलिन पाउँदैन त्यसरी नै ब्यवस्थित गराउन जरुरी छ ।
त्यसैले हरेक मन्त्रालयका मन्त्रीज्यु तपाईंहरुले बोलाई अराजक नबनाउनुस् बरु सरोकारवालालाई काम गराउन मछवाराले माछा परेछि माछालाई कस्तो व्यवहार गरेर छटपटाउनै नपाउने गरी कस्तरी कोर्कोमा हाल्छ त्यस्तै गरी ठेकदारलाई काम गर्नैपर्ने वाध्यात्मक स्थितिमा पुर्याउनुस् यै नै वुध्दिमानी हुन्छ । भाईरल त बनम् तर सामाजिक सन्जालाँ हैन काममा है त !




प्रतिक्रिया राख्नुहोस्