जन सरोकार

भरतपुर अस्पतालमा क्यान्सर पीडित वृद्धले जिते कोरोना

चितवनको सरकारी अस्पताल भरतपुर

क्यान्सर रोगको उपचार गरेर भारतबाट फर्कने क्रममा कोरोनाको सङ्क्रमण देखिएको एक वृद्ध र उहाँकी श्रीमतीले कोरोना जित्नुभएको छ । भरतपुर महानगरपालिका–६ केसरवागका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धाले कोरोनालाई जित्न सफल हुनुभएको जनाइएको छ ।

सङ्क्रमणमुक्त भएसँगै दुवै जना शुक्रबार भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज हुने क्रममा सङ्क्रमण जितेका वृद्धले आत्मबल बलियो बनाएकै कारण कोरोना जित्न सफल भएको बताउनुभयो । कोरोना जित्नका लागि मनोबल घटाउन नहुने भन्दै उहाँले क्यान्सर हुँदाहुँदै कोरोना सङ्क्रमण भए पनि आफूले जित्न सफल हुनुमा अस्पतालका चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीहरुको हात रहेको बताउनुभयो ।

उहाँले कोरोनासँगको सङ्घर्षमा आफू विजयी भएको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “यो उमेरमा आएर पनि मैले क्यान्सर र कोरोनासँग लडँे, आज कोरोनासँगको सङ्घर्षमा पनि विजयी भएको छु, डाक्टरसाबहरुले मलाई यति राम्रोसँग सम्झाउने र रेखदेख गर्ने गर्नुभयो कि जसका कारण मैले कोरोनालाई जित्न सकेँ, यसका लागि अस्पताल परिवार प्रति आभार भन्न चाहन्छु ।”

अस्पतालबाट घर पठाउने क्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले अब १४ दिनसम्म घरमा नै बस्न र त्यस्तो समस्या भए अस्पतालमा सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँहरुले सङ्क्रमण देखिएको २९ दिनका दिन कोरोना जित्न सफल भएका हुन् । गत जेठ ३ गते भारतबाट आएका वृद्ध दम्पती र उनीहरुको छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा क्यान्सरको उपचार गराएर आउनुभएका वृद्ध र उहाँसँगै गएका श्रीमती र छोराको गत जेठ ८ गते स्वाब सङ्कलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।

गत जेठ ९ गते भरतपुर अस्पतालले दुई जना ९श्रीमान्, श्रीमती० मा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । सो क्रममा छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो । छोराको रिपोर्ट नेगेटिभ आए पनि शङ्कास्पद देखिएपछि पुनः परीक्षण गर्दा सङ्क्रमण भएको पुष्टि भएको थियो । सङ्क्रमित छोरा भने यसअघि नै निको भएर घर फर्किसकेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.