जन सरोकार

भारतबाट आएर नेपालमा लुटपाट, एकजना पक्राउ

भारतबाट आएर नेपालमा लुटपाटमा संलग्न भएको आरोपमा एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक पक्राउ

भारतको विहार मोतिहारी जिल्ला पूर्वी चम्पारणका २० वर्षीय मोनुकुमार जैसवाललाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरी मंगलार सार्वजनिक गरेको हो ।

यही असार २ गते साँझ अन्दाजी ५ः३० बजे रौतहट मौलापुर नगरपालिका–७ बाट घरेलु कटुवा पेस्तोलसहित थान एक, गोली राउण्ड थान दुईसमेतका दशी प्रमाणसहित पक्राउ गरिएको प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।

आरोपितलाई हातहतियार तथा खरखजाना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

जेठ २२ गते दिउँसो १०ः१० बजेको समयमा रौतहट मौलापुर नपा वडा नं ६ पथरा बुधरामस्थित एक सहकारी संस्थामा काम गर्ने अरविन्दकुमार दासले नगद रु १७ लाख मौलापुरस्थित बैंकमा जम्मा गर्न लाँदै गर्दा तीन जना अपरिचित व्यक्तिले दासलाई पछाडिबाट गोली हानेर फरार भएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा उक्त घटनामा भारतको विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडाहसनमा सक्रिय बाबा ग्याङ नामको आपराधिक समूहको संलग्नता रहेको पत्ता लागेको थियो ।

केही महिना अगाडि मात्र भारतीय एसएसवीको जवानलाई अन्य साथीहरूसँग मिली कुटपिट गरेको घटनामा पनि मोनु पक्राउ परेका थिए । उनै मोनु यस घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.