राजनीति

शरीरमा बेसार दलेर, सडकमा सुतेर सरकारका बिरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्ने क्रममा कोरोना भाइरस सामान्य रुघा भएको र बेसार पानी खाएर हाँच्छयूँ गरेर भगाइदिन सकिन्छ भनेपछि सरकार बिरोधीका लागि नयाँ नारा जुरेको छ ।

शनिबार युवाहरूले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै श्ह्द्यिगेट अगाडि सडकमा प्लेकार्ड लिएर प्रदर्शन गरे ।

उनीहरुले प्रधानमन्त्री ओलीले बेसारको सन्दर्भ निकालेकोमा बिरोध गर्दै त्यसैलाई प्लेकार्डको विषय बनाए । उनीहरुले सरकार सुतेर बसेको भन्दै सडकमा सुतेर बिरोध गरेका थिए ।

युवाहरूले दश अर्बको हिसाब पारदर्शी हुनुपर्ने, १०० प्रतिशत पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने र बेसार नै कोरोनाको औषधि नभएको भन्दै प्रदर्शन गरेका हुन् । सरकार कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेर सुतेको भन्दै सांकेतिक रूपमा उनीहरूले विरोध गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भान्सामा अदुवा, लसुन, बेसारलगायत औषधिजन्य खाने कुरा हुने र त्यो सन्तुलित खानाले रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको बताउँदै आउनुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.