जल/वातावरण

७४ जिल्लामा फैलियो कोरोना : शनिबार थपिए तीन सय ३१ जना

दिन प्रतिदिन कोरोना संक्रमित थपिंदै गएको नेपालमा शनिबार तीन सय ३१ जना थपिएका छन् । योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ‘४९ जना महिला र दुई सय ८२ जना पुरूष गरी तीन सय ३१ जना संक्रमित भेटिएका छन् ।

त्यसै गरी पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ । योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ । जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.