जन सरोकार

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, आगलागीपछि दुईजनाको मृत्यु

नेपालकै अग्रणी उद्योगमा पर्ने जगदम्बा स्टिल उद्योगमा शनिबार राति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

बाराको सिमरामा रहेको सो उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयल राखेको ट्याङकी पडकिएर आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतो रहेका छन् । त्यस्तै उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् ।

घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी भएपछि सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयाृ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button