स्वास्थ्य

२४ घण्टामा थपिए दुई हजार चार सय ४२ संक्रमित- तीन हजार चार सय ५६ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा पिसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसै गरी यसै अवधिमा ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २१ र ४ हजार २ सय ४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार २४ घण्टाको अवधिमा ५१ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा केही दिनयता संक्रमणदर निकै कम हुँदै गएको छ । आइतबारको विवरणमा संक्रमणदर २१.३ प्रतिशत छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.