खेलफूटबल

एन्फा अध्यक्षमा नेम्वाङ विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेम्वाङले अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्नुभएको हो ।

सोमबार काठमाडौंमा भएको २१औं चृुनावी साधारण सभाबाट यसअघिका अध्यक्ष शेर्पालाई पराजित गरी अध्यक्षमा विजयी हुनुभएको हो ।

एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये नेम्वाङले ४५ र शेर्पाले ३९ मत प्राप्त गर्नुभयो । अध्यक्षको अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाउनु भएन ।

एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी २१ पदाधिकारीका लागि भएको निर्वाचनमा अन्य पदको मत गणाना भने जारी रहेको छ ।

एन्फाको कार्यकाल चार बर्षको रहनेछ । शेर्पा र नेम्वाङ समूहले सबै पदमा प्यानल सहित उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button