राजनीति

ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा नेपाली भूमि डुबानमा

नेपाल मजदूर किसान पार्टीकाअध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको सोमबार उद्घाटन गर्दैै उहाँले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिनुभयो ।

जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षानुरुप कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गर्नुभयो ।

उहाँले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले वाग्मती सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र भएको आरोप लगाउँदै सत्ताधारी ठूला दलका नेता तथा कार्यकर्ताबीच पद, पैसा र कुर्सीका लागि हानथाप भई प्रदेश सरकारलाई बेकाम सावित गरिएको विचार राख्नुभयो ।

नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीति तथा कार्यक्रम जनमुखी भएको चर्चा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.