राजनीति

सर्वोच्चको आदेशले राष्ट्रिय राजनीति जटिल मोडमा : एमाले

सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि सत्तारुढ नेकपा एमालेले यो आदेशले देशको राजनीति जटिल मोडतिर गएको बताएको छ ।

प्रदीप ज्ञवाली

सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिंदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताउँदै यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘अदालतको आदेश अप्रत्यासित छ । यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’ ।

अदालतको आदेशबारे थप छलफल गरिने बताउँदै ज्ञवालीले सर्वोच्चको आदेश अप्रत्यासित छ । यसबारे बाँकी निर्णय बैठक बसेर गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button