राजनीति

तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

चितवनको भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको सोमबार तीन जना मन्त्रीले निरीक्षण गर्नुभएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गर्नुभएको हो ।

सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या समाधनका लागि धुर्वघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताउनुभयो । मन्त्री लम्सालले धुर्वघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताउनुभया ।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो । अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ ।

धुर्व पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताउनुभयो । उहाँले निकुञ्जभित्र सडकको बैकल्पिक रेखाङ्कन भइरहेको जानकारी दिनुभयो ।

धुर्वघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ । यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ । भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.