राजनीति

उच्चस्तरीय छानबिन समितिप्रति राप्रपा अस्नतुष्ट, संसद वहिस्कार जारी राख्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा सोमबार गठन भएको भिजिट भिसा उच्चस्तरीय छानबिन समितिले प्रभावकारी काम गर्न नसक्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठक

राप्रपाले उच्चस्तरीय छानबिन समितिले प्रभावकारी काम गर्न नसक्ने भन्दै संसद् बहिष्कारलाई निरन्तरता दिने भएको छ । राप्रपा संसदीय दलको बैठकले संसद् बहिष्कार जारी राख्ने निर्णय गरेको सचेतक विना लामाले जानकारी दिनुभयो ।

भिजिट भिसा प्रकरणको छानबिन गर्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो । उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग माग गर्दै रास्वपा र राप्रपाले संसद्‌मा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.