जल/वातावरण

आईसियूमा उपचाररत संक्रमितको मृत्यु- गण्डकीमा थपिए ११ जना संक्रमित

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्युभएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गर्न बाँकी छ ।

समाचार अनुसार असार ८ गते अस्पताल भर्ना भएका स्याङ्जा सिरुवा घर भएका ५५ वर्षीय पुरुषको आइसियूमा उपचारत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले दिएको जानकारी अनुसार मृतकमा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका अनुसार कोरोना संक्रमण देखिएर अपचारको क्रममा यस अस्पतालमा मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

यसैबीच गण्डकी प्रदेशमा बिहीबार बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशभर बिहीबारसम्म ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।

स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपुरमा नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका एक जना, बागलुङका २ जना छन् । त्यस्तै, म्याग्दीका २० देखि ३२ वर्ष उमेर समूहका ६ जना पुरुष छन् । नवलपुरमा संक्रमण पुष्टि हुने २ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.