जल/वातावरण
काठमाडौंमा थप ३ जनासहित देशभर ५ सय ९३ जनामा कोरोना संक्रमण

कोरोना संक्रमणको रेड जोनमा रहेको काठमाडौंमा शुक्रबार थप ३ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु तीनैजना पुरुषा भएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिनुभएको छ । यी सहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले जानकारी दिनुभयो ।
शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ ।
यसै गरी विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको भने हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया राख्नुहोस्