जन सरोकार
१० लाख बराबरका हराएका/चोरी भएका मोबाइल सम्बन्धित धनीलाई बुझाइयो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्दै ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ती मोबाइल फेला पारी फिर्ता गरिएको हो ।
यसै महिनामा मात्र करिव दश लाख ३८ हजार १ सय मुल्य बराबरका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीहरुलाई बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार ५ सय २० रुपैयाँ बराबरको २ सय ३१ थान मोवाइल फेला पारी सम्बन्धीत धनिलाई बुझाइसकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्