जल/वातावरण

१२ हजार तीन सय ९ जनामा कोरोना संक्रमण : आइतबार थपिए चार सय ६३ जना

नेपालमा आइतबारसम्म १२ हजार तीन सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्र चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आइतबार एक सय ५ महिला र तीन सय ५८ पुरूष गरी चार सय ६३ संक्रमित थपिएका हुन् ।

विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

शनिबारसम्म १२ हजार तीन सय ९ जनामा संक्रमण देखिएको थियो । यो संख्या बढेर आइतबार १२ हजार सात सय ७२ पुगेको हो ।

अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका ७७ जिल्लामै कोरोनाका संक्रमित देखिएको छ । यसबाट अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.