राजनीति

संसद अधिवेशन अन्त्य : नागरिकता विधेयक र एमसीसी अन्योलमा

संसदको चालु अधिवेशनमाा पारित हुनुपर्ने एमसीसी सम्झौता अन्ततः निर्धारित समयभित्र पारित नभएपछि स्वतः निस्क्रिय भएको छ । सम्झौता अनुसार असार १६ गतेभित्र संसदबाट अनुमोदन गराइसक्नुपर्ने एमसीसी सत्तारुढ दलभित्रकै विवादले संसदमा पेश नै हुन सकेन ।

अब एमसीसीको भविष्य अनिश्चित बनेको छ । आजबाट संसद अधिवेशन अन्त्य हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी बर्षे अधिवेशन असार १८ गते बुधबार साँझ ५ बजेबाट अन्त्य भएको जानकारी संसद सचिवालयलाई गराउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.