जल/वातावरण

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिने शिशुको निधन भएको छ । घाँटीको समस्या भएका शिशुलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुको शल्यक्रियाअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले शिशुको बुधबार साँझ मृत्यु भएको जानकारी दिनुभयो ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी)गरेका थिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.