राजनीति

"नेविसंघको सभापति भएर चारपटक प्रधानमन्त्री भएँ तपाईहरु सक्नुहुन्छ"- देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघको सभापति भएर आफू चारपटक प्रधानमन्त्री भएको तर अहिलेका नेविसंघका नेताहरुको पाराले प्रधानमन्त्री बन्न सम्भव नभएको भन्दै चुनौति दिनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौंको शान्तिबाटिकामा नेविसंघले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले भन्नुभयो तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले प्रधधानमन्त्री भन्दै लाज मान्नुपर्ने बताउनुभयो ।

विद्यार्थी नेताहरुप्रति अक्रोशित देउवाले बोल्न सुरु गर्दै देउवाले सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन । कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नु पर्ने किन ?

कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताएपछि सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काउनुभएको हो ।

उहाँले नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने र केही समस्या रहेको भन्दै विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन आफैं झगडा गर्‍यागर्‍यै छन् । अनि कहाँबाट मिल्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.