जन सरोकार

भेरोसेल खरीदका लागि सम्झौता-२४ गतेबाट आपूर्ति हुने

लामो समयको अन्योल चिर्दै सरकारले चीनबाट कोरोना बिरुद्धको खोप खरीद गर्ने सम्झौता गरेको छ । शुक्रबार सरकारले भेरोसेल खरीदका लागि चिनीयाँ कम्पनी सिनोफार्मसँग उसको शर्त अनुसार नै गोप्य सम्झौता गरेको हो । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाइएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको र २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिनुभएको छ ।

नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको हो ।

यद्यपि स्वास्थ्यका अधिकारीहरूले भने ४० लाख डोज खरिदका लागि सम्झौता भएको बताएका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले पनि ४० लाख भेरोसेल खोप खरीदका लागि अनुमति दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button