जन सरोकार
यस्ता बाबु जसले आफ्नै छोरीलाई पटकपटक करणी गर्न खोजे
आफ्नै छोरीलाई पटकपटक करणी गर्न खोजेको अभियोगमा बर्दियाबाट एकजनालाई पक्राउ गरिएको छ । असार १८ गते दिनको समयमा परिवर्तित नाम “राहुल” ले आफ्नै सहोदर छोरी परिवर्तित नाम “सोनिया” लाई आफ्नै घरकोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजका थिए ।

निज बाबुले यसअघि पनि पटकपटक यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गरेको र सो कुरा आफ्नै बुवा भएको कारणले इज्जतको डरले कसैलाई नभनेको पीडितले बताएकी छन् ।
बाबुको यस्तो हर्कतपछि पीडितले जिल्ला प्रहरी कार्यालय बर्दियामा जानकारी दिएको आधारमा निजलाई पक्राउ गरी प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्