जल/वातावरण

नेवानिका तीन पाइलटसहित १४ जनामा कोरोना संक्रमण

विदेशमा रहेका नेपालीहरुको उद्धारमा सक्रिय नेपाल वायुसेवा निगम (नेवानि)का १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना पाइलट र अन्य ११ जना क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

समाचार अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो । एयरलाइन्सले आफ्ना पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ ।

क्वारेन्टिनमा रहे पनि पाइलट लगायत उडान कर्मचारीहरूले एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेपछि त्यहाँ सहभागी सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.