जल/वातावरण

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

सरकारले कोरोना भाइरस संक्रमण बढिरहेका समयमै लकडाउन खुकुलो पारेपछि शहर बजारमा भीडभाड बढेको र आम मानिस सचेत नभएको पाइएपछि अब मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

शहरबजारमा जथाभावी मानिसको आवतजावत बढेपछि गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको समाचार छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानकारी दिनुभएको छ ।

सरकारले कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको भन्दै जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तिमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.