जापान

नारिता विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा

जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा आरम्भ भएको छ ।

यसअघि बन्द रहेको स्वास्थ्य परामर्श सेवा जुलाई ६ देखि जापान आउने पर्यटकहरुकोे सुविधाका लागि अंग्रेजीसहितका चार भाषामा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको हो ।

सशुल्क रहने सो परामर्श अंग्रेजी, चिनीया, भियतनामी र इण्डोनेसियाली भाषामा दिइनेछ । टर्मिनल भवनमा यात्रुले आफ्नो लक्ष्यण बताएर रक्तचाप, तापक्रम र अन्य महत्वपूर्ण संकेतको परीक्षण गराइने छ ।

विमानस्थल अधिकारीहरुले यो सेवा टर्मिनल दुईमा स्थापित एक क्लिनिकको विकल्पको रुपमा सेवा सुरु गरेको छ, जो यसअघि यात्रुको कमीका कारण बन्द गर्नुपरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.