जन सरोकार

प्रधानमन्त्री ओलीको पक्षमा लाग्यो यस्तो नारा- "भारतीय दलाल होसियार…"

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि चुलिएको विवाद कायमै रहेका बेला ओलीको पक्षमा युवाहरु सडकमा उत्रँदै भारतको षड्यन्त्रमा प्रधानमन्त्री फेर्ने खेल भैरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर सडक प्रदर्शन भएको छ । कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन र लगनेखलमा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच छलफलका लागि भन्दै स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित छ ।

उनीहरूले ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने, भारतीय दलाल होसियारलगायत नारा पनि लगाएर प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा राष्ट्रिय झन्डा बोकेर पनि मानिसहरू भेला भएका थिए । उनीहरूले वैदेशिक हस्तक्षेप स्वीकार नहुनेजस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेर प्रदर्शन गरे ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागिरहेको र त्यो पूरा नहुने बताउनुभएको थयो । प्रदशैनकारीहरूले प्रधानमन्त्रीको ‘राजीनामा कसका लागिरु नेकपाको स्थायी सरकार जनता चाहन्छन्’ जस्ता नारा पनि लगाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.