जन सरोकार
काठमाडौंको त्रिपुरेश्वरमा चालकले नै बसमा आजगनी गरेपछि…
काठमाडौंको त्रिपुरेश्वरस्थित एक बसमा आगलागी भएको छ । सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि एक सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले आफू भित्रै बसेर बसमा आगो लगाएका हुन् ।
बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको हो । चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन ।
आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया राख्नुहोस्