अर्थगण्डकी

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ ।

गण्डकी प्रदेशको बजेट पारित

आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।

आर्थिक मामिलामन्त्री आले मगरले प्रस्तुत गर्नुभएको दुवै विधेयकसम्बन्धी प्रस्तावलाई सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावका पक्षमा प्रदेशसभाको बहुमत देखिएकाले सभामुख धितालले बहुमतले विधेयक पारित भएको घोषणा गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली, यशोदा रिमाल, देवका पहाडी त्रिपाठीलगायत आठ जना प्रदेशसभा सदस्यले राख्नुभएको बजेट संशोधनको प्रस्ताव प्रदेशसभाको बहुमतद्वारा अस्वीकृत भएको थियो ।

बजेट पारित हुनुअघि विनियोजन विधेयक र आर्थिक विधेयकमाथि प्रदेशसभामा दफाबार छलफल भएको थियो । सरकारले आगामी आवका लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट ल्याएको छ । चालुतर्फ रु १२ अर्ब १३ करोड ६७ लाख र पूँजीगततर्फ रु २० अर्ब १९ करोड रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.