एन आर एन न्युजजापान

एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय उपाध्यक्ष पदमा राम थापा ‘अनिल’ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा संयोजक समेत रहेका थापा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् ।

थापाले युवा पुस्ताहरूसंग सहकार्य गर्दै एनआरएनए जापान २०१५-१७ मा केन्द्रीय सदस्य, २०१७-१९ सहकोषाध्यक्ष हुदै २०१९-२१ कार्यसमितिमा युवा संयोजक रहेर काम गकिसकेका छन् ।

लामो समययता जापानको भोगाई तथा युवाहरूसंग विविध कार्यक्रममा गरेको सहकार्यलाई एनआरएनए मार्फत काम गरेर देखाउन उम्मेदवारी दिएको थापाले बताए ।

“तपाईको भरोसाको साथी एनआरएनए अभियानमा सहकार्य गरौ” भन्ने नारा लिएर चुनावी मैदानमा होमिएका रामले पदमा सहमति गरेर काम गर्नुपर्ने धारणाा रहको नेपालजापानलाई बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.