जल/वातावरण

कोशीको वहाव २ लाख ७ हजार ७१५ क्यूसेक : ३० वटा ढोका खोलियो 


सप्तकोशी नदीमा यो वर्षकै उच्च पानी वहाव भएसंग बाँधको ३० वटा ढोका खोलिएको छ । शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ ।

कोशीमा पानीको बहाव यो वर्षकै उच्च हो । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.