जन सरोकार

चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

उता चितवनमा माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।

श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.