जापान

नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता

टोकियो । जापानमा क्रियाशिल रहेका नेपाली संघसंस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

आइतबार पत्रकार महासंघ जापान शाखाले टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनका जिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

“जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्य” विषयमा आयोजना गरिएको उक्त कार्यक्रममा जापानमा क्रियाशिल धेरै भन्दा धेरै संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरुमाथि ध्यानाकर्षण गराउँदै सबै संस्थाहरुले समस्या समाधानका लागि आपसी सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा अधिकांंश सहभागीले नेपाली विद्यार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीच आवश्यक सहकार्यका साथै सन्देशमूलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासी नेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो ।

“सबैसँग कमी कमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ। दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो,पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौ” जोशीले भन्नुभयो ।

कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख जोशीले दूतावाससँग ईमेल, फोन, मोबाइल र फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो ।

कार्यक्रममा पत्रकार मह संघका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, महासचिव सिद्धार्थ श्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रम जापानका पूर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.