जन सरोकार

अवैध रुपमा मृगौला प्रत्यारोपण गराउने तीन डाक्टर, एक जनप्रतिनिधिसहित १२ जना पक्राउ

अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुर र चितवनबाट १२ जनालाई पक्राउ गरिएको छ । ललितपुरमा ९ र चितवनमा ३ जना पक्राउ परेकामा डाक्टर र जनप्रतिनिधि समेत रहेका छन् ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पक्राउ परेकाहरुबारे जानकारी दिएको हो । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन् ।

पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ । अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ ।

वडाध्यक्ष महर्जनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.