जापान

जापानले नेपाललाई खोप दिने, जुलाईभित्र आइसक्ने

आउनेछ अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप, कोभिसिल्डको दोस्रो मात्रा लगाउन मिल्ने

नेपालको आर्थिक, सामाजिक विकासमा ठूलो सहयोग गर्दैआएको अति निकटम मित्र देश जापानले कोरोना बिरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाललाई कत मात्रा खोप दिने भन्नेबारे केही खुलाइएको छैन ।

जापानले विश्वका गरीब मुलुकहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन खडा गरिएको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकलाई खोप दिने घोषणा गरेको हो ।

जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप नेपाल सहितका एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गर्नुभएको हो । यो खोप भारतमा उत्पादन गरिएको कोभिसिल्डकै फर्मुलामा बनेको हुँदा सो खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन मिल्ने बताइएको छ ।

मन्त्री मोटेगीले गरेको घोषणा अनुसार कोभ्याक्स कार्यक्रममार्फत् नेपाल, बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंकाका साथै विभिन्न प्यासिफिक द्वीपका राज्यहरुलाई अनुदास्वरुप उपलब्ध गराइने छ ।

जापानले अहिले घोषणा गरेअनुसारको खोप जुलाई महिनाभित्र पठाइने विदेशमन्त्री मोटेगीले बताउनुभएको छ । मोटेगीले इन्डोनेसिया, ताइवान र भियतनामलाई पनि १०र१० लाख डोज कोरोना खोप उपलब्ध गराइन लागेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.