जन सरोकार

दाउन्नेमा पहिरो : दुई गाडी च्यापियो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

अविरल वर्षासंगै खसेको पहिरोका कारण गएको पहिरोले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको छ ।

समाचार अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा बुटवल नारायणगढ सडक खण्ड अबरुद्ध भएको छ ।

दाउन्ने स्थित विश्वकर्मा बाबा मन्दिर छेउ मा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग आज विहान देखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । सो ठाउँमा बिहान पहिरो खसे पछि यातायात पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको भए पनि हाल सम्म संचालनमा आउन नसकेको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.