जन सरोकार

मेलम्चीको अस्थायी ड्याम फुट्यो, दुईजना बेपत्ता, दुई घाइते

काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिको अन्तिम तयारीमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर दुईजनाा वेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो पानी भरिएको ड्यामको ढोका फुट्दा सो दुर्घटना भएको हो ।

समाचार अनुसार ड्याम फुट्दा त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको तामाङले जानकारी दिनुभयो ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.