जापान

मिर्गौला पीडित उप्रेतीलाई गल्कोट समाजबाट २३ लाख रुपैयाँ हस्तान्तरण

जापानको चिवा केनमा श्रीमान् यमबहादुर उप्रेतीसंग बसोबास गर्दै आउनु भएकी गल्कोट नगरपालिका वार्ड नं ६ चरौदीकी मिर्गौला वर्ष सिता उप्रेतीको उपचारार्थ एनपिओ गल्कोट समाज जापानद्वारा २३ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।

केही वर्ष यता दुबै मिर्गौलाले काम गर्न छोडेपछि चिवाकेन स्थित कासिवा कोउसेई सोउगोउ ब्योईनमा भर्ना भएर डाइलेसिस गरिरहेकी उप्रेतीको आर्थिक स्थिति कमजोर भएको समाजले सो सहयोग गरेको हो ।

आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि एनपिओ गल्कोट समाज जापानलाई आर्थिक सहयोगको अपेक्षा सहित निवेदन दिइएपछि समाजले जापानमा रहेका गल्कोटेबासीसहित अन्य नेपाली समुदायबीच आर्थिक अभियान चलाई रकम संकलन गरेको थियो ।

अभियानबाट संकलित लगभग २३ लाख रुपैयाँ बुधबार एउटा कार्यक्रमकाबीच गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री, सचिव नवीन निउरे सहितको टोलीले पीडित सिता उप्रेतीलाई हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष दिलु खत्रीले पारिवारिक आर्थिक स्थिति नाजुक रहेकोले मिर्गौला प्रत्यारोपण गर्न असम्भव भएको कारण समाजले आर्थिक अभियान संचालनमा ल्याएको जानकारी दिनुभयो ।

समाज जापानका महासचिव कृष्ण केसीले सहयोग रकम उप्रेतीको मिर्गौला प्रत्यारोपणका साथै उहाँको छोराछोरीको पठनपाठनमा खर्च गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.