राजनीति

ओली प्रचण्ड मिलेको संकेत : उठेन राजीनामाको माग, मंसिरमा महाधिवेशनको प्रस्ताव

स्थायी समितिको बैठक स्थगित गरेर शनिबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग उठेन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामाको कुरै नउठाएपछि दुई अध्यक्षबीच कुरा मिलेको देखिएको छ ।

बैठकमा पार्टी अध्यक्षा तथा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको समाचार छ । तर नेताहरुले प्रस्ताव सकारात्मक भए पनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् ।

विगतमा यस्ता प्रस्ताव आएको मात्र होइन, निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । तर अध्यक्ष प्रचण्डले राजीनमाको कुनै कुरा नउठाएपछि दुई अध्यक्षको सहमतिमै महाधिवेशनको प्रस्ताव अघि सारिएको आँकलन गरिएको छ ।

बैठकमा सहभागी एक सचिवालय सदस्यले दुवै अध्यक्षले मिले मिले जस्तो गरेर आफूलाई प्रस्तुत गर्नुभए पनि ठोस निष्कर्ष निस्किसकेको स्थिति छैन । छलफल जारी रहेको र समग्रमा प्रस्ताव ल्याउँछौ भनेर दुई अध्यक्षले भनेको बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.