राजनीति

"ओलीले धक्का खाइसके, अब कस्तो रेस्पोन्स गर्छन् हेर्न बाँकी छ"- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, निष्ठा र सिद्धान्तका लागि ओली पक्षधरसंग एकता र संघर्षको प्रक्रियाबाट अघि बढ्नुपर्ने आफू पक्षधर नेताहरुसंग बताउनुभएको छ । उहाँले अब बल ओलीको कोर्टमा रहेकाले उहाँको रेस्पोन्समा सबै निर्धारण हुने समेत बताउनुभएको छ ।

पार्टीभित्रको शक्ति संघर्षको पछिल्लो चरणमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद माने महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव गर्दै नयाँ रणनीति अख्तियार गरेको खुलासा गर्दै सो कुरा बताउनुभएको हो ।

प्रचण्ड निवास खुमलटारमा सोमबार आफू पक्षीय स्थायी समिति सदस्यहरूसँग छलफल गर्दै प्रचण्डले जबज मानेर अगाडि बढे अर्ली महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव आएको बताउँदै शनिबार राष्ट्रपतिजीसंग पनि यसै विषयमा छलफल भएको खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो राष्ट्रपतिसंगको छलफलमा पनि महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्नका लागि जबजलाई स्वीकार्नु पर्ने प्रस्ताव आएको र आफूले हुन्न भनेको जानकारी दिनुभयो । आफूले नमानेपछि महाधिवेशनपछि प्रधानमन्त्रीसमेत बनाउने प्रस्ताव आएको खुलासा गर्नुभयो ।

बैठकपछि स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष प्रचण्डले वैचारिक प्रतिष्ठामाथि हमला गरिएको भन्दै यो प्रस्ताव गलत भएको बताउनुभएको थियो । त्यस्तै छलफलमा सहभागी एक स्थायी समिति सदस्यले पार्टीभित्र युद्धविराम गरेर अगाडि जानु पर्ने निष्कर्ष निस्किएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले नेताहरुसमक्ष अब पार्टीमा युद्धविराम गरेर जाने भन्ने नै हो। अब स्थायी कमिटीमा बोल्नेहरूले माइल्ड रूपमा प्रस्तुत हुने भनिएको छ । राजीनामाको कुरा नउठाउने अब स्थायी कमिटी बैठक टुंगो लगाउने भन्ने आफूले बुझेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले आफू पक्षधर नेताहरुसमक्ष ओलीको धेरै रणनीति असफल भैसकेको बताउँदै आलीलाई राजनीतिक धक्का दिइसकेको र यो एजेन्डा भएर आएको होइन भन्दै अब बल ओलीकै कोर्टमा गएको समेत बताउनुएको थियो । उहाँले ओलीको रेस्पोन्स कस्तो गर्छन् त्यसमा अबको रणनीति भरपर्ने समेत बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.