जन सरोकार
घुससहित प्रशासकीय अधिकृत र सबइञ्जिनीयर नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तानलाई घूससहितत पक्राउ गरेको छ ।
अख्तियारको टोलीले प्रशासकीय अधिकृत र सबइञ्जिनीयरलाई रु एक लाख ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सोमबार अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।





प्रतिक्रिया राख्नुहोस्