विश्व समाचार

श्रीलङ्काकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार निर्वाचित हुनुभएको छ ।

नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको हो । विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गर्नुभएको हो । मतदानमा उहाँका निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाउनुभयो छ भने ४ मत बदर र २ जना सांसद मतदानमा अनुपस्थित भए ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताउनुभएको छ ।

यसअघि जनताले राष्ट्रपति भवन घेरेपछि गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएर सिंगापुर पुगेपछि संसदमा राष्ट्रपतिको निर्वाचन भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.