जन सरोकार

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन् ।

उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ । उनीहरूले मोबाइल बैंकिङसमेतबाट रु एक करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.