जन सरोकार

कीर्तिपुरमा जलेको कारबाट पुरुषको शव फेला, घटनाबारे अनुसन्धान जारी

काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान आगलागी भएको कारभित्रबाट एक पुरुषको शव फेला परेको छ। शवको पहिचान भने अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार सडकछेउको खाली जग्गामा पार्किङ गरेर राखिएको बा५च ३०३८ नम्बरको कारमा बिहान आगलागी भएको थियो। आगो निभाएपछि गाडीभित्रबाट एक पुरुषको शव फेला परेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार शवको सनाखत हुन बाँकी रहेको र घटनाको प्रकृति तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार उक्त गाडी नबिल बैंकको नाममा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। शवको पहिचान, आगलागीको वास्तविक कारण र घटनामा कुनै आपराधिक पक्ष रहेको वा नरहेको विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको छ भने शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.