राजनीति

“पूर्व राष्ट्रपति भण्डारीको एमाले पार्टी सदस्यता नवीकरण स्वतः निष्क्रिय”

सक्रिय राजनीतिमा फर्कने र आफ्नो सदस्यता नवीकरण भैसकेको बताउनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्वतः निष्क्रिय भएको एमालेले जनाएको छ ।

बुधबार एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने निष्कर्ष एमाले केन्द्रीय कमिटीले निकालेको र सो निष्कर्षअनुसार सदस्यताको विषय स्वतः निष्क्रिय भएको जानकारी दिनुभयो ।

विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने र केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यता नवीकरणको विषयलाई स्थगित गरेको महासचिव पोखरेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले पूर्व राष्ट्रपति भण्डारीको सदस्यता एक वर्ष अघि नै नवीकरण भएको सदस्यता छलफलकै आधारमा सार्वजनिक नगरिएको बताउँदै भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको बताउनुभयो ।

केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारीको फरक भूमिका आवश्यक ठानेको बताउँदै महासचिव पोखरेलले उहाँले सदस्यता नवीकरणका लागि प्रतिवेदन पठाउनुभएको र शुल्क बुझाउनुभए पनि यस विषयलाई सार्वजनिक नगर्ने सहमति भएको जानकारी दिनुभयो ।

पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नवीकरण विषय विशेष विषय भएकाले पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्न हुँदैन, उपयुक्त समयमा पार्टीले छलफल गर्नुपर्छ भनेर सार्वजनिक नगरेको तरपूर्वराष्ट्रपति स्वयं आफैंले सार्वजनिक गरेपछि पार्टीले अहिलेको निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.