क्रिकेटखेल

आइसिसी विश्वकप लिग २ : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेदरल्यान्ड्सको उट्रेचमा हुने खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ । आज नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै शृङ्खलामा पहिलो जित हात पार्ने योजनाको साथ मैदान उत्रदै छ भने नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्सले शृङ्खलामा पहिलो खेल खेल्न लागेको हो । यसअघि नेपालले लिग २ अघि तयारीस्वरुप जर्सीसँग दुई खेल खेलको थियो । जसमा नेपालले दुई खेलमा नै विजयी भएको थियो ।

लिग २ अंकतालिकामा नेपाल २९ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा रहेको छ भने २८ खेलमा ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।

नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । नेपालले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन बाँकी ७ खेलहरु जित्नैपर्ने दबाब छ । लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ भने शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिनेछ ।

नेपाली टिम

रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी ।

रिजर्भ खेलाडी

सन्दीप जोरा, साहब अलाम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.