जन सरोकार

करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने

नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित रु १५ लाख ७१ हजार २५० क्षतिपूर्ति प्रदान गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण

प्राधिकरण सञ्चालक समितिको हालैको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो ।

उक्त रकम सुस्ता पूर्व वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरहरुका आधार पीडित बालकको परिवारलाई सहयोग गरिएको बताउनुभएको छ ।

साथै मन्त्री श्रेष्ठले प्राधिकरणलाई आफ्ना संरचनाको नियमित रुपमा मर्मत गर्ने, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउने, सुरक्षा सतर्कता बढाउने र नागरिकलाई पूर्वसूचनाको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.