जन सरोकार

प्रहरीले गोली चलाएर छ जनालाई लियो नियन्त्रणमा, दुई जना घाइते

सिरहाको लहानमा प्रहरीले गोली चलाएर बिहीबार छ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले लहानस्थित अस्पताल चोकमा गोली चलाएर पाँच जना भारतीय र दुई जना नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो ।

प्रहरीले चलाएको गोली लागेर सप्तरीको रूपनी–१ निवासी ४२ वर्षीय मो. नसिर र भारतको विहार राज्य जिल्ला मधुवनी थाना लदनियाँ निवासी २४ वर्षीय विद्यानन्द यादव घाइते भएका छन् ।

घाइते दुवैको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो । दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा आएको छ जनालाई रोकी जाँच गर्दा सोही क्रममा भाग्न खोज्दा प्रहरी टोलीले सात राउण्ड गोली चलाएको प्रहरी नायब उपरीक्षक पालको भनाइ छ ।

सो क्रममा सप्तरीको बोदेबर्साइन नगरपालिका–२ निवासी २८ वर्षीय शम्भुप्रसाद यादव, सोही ठाउँका २४ वर्षीय वैधनाथप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ निवासी २८ वर्षीय मो जामाहिर आलम र सोही ठाउँका ३२ वर्षीय मो इमामुदिनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक पालले बताउनुभयो ।

पक्राउ परेकाहरूका साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.