जन सरोकार

व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बिहीबार व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

व्यवसायीहरू दीपक भट्ट र शङ्करका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.