राजनीति

तत्काल परीक्षा संचालन गर्ने तयारीप्रति अनेरास्ववियू असन्तुष्ट

अनेरास्ववियु सहसंयोजक रञ्जित तामाङ

सरकारले बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै अनेरास्ववियूले विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेको छ ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गर्नुभएको हो ।

‘बन्दाबन्दीको बेला आआफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्युनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ’’, उहाँले भन्नुभएको छ, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाब दिएको छ । परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ ।’’

उहाँले विद्यार्थीको कोभिड–१९ को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गर्न माग गर्नु भएको छ । यसैगरी आफ्नी श्रीमतीको वर्वरतापूर्ण ढङ्गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालालाई बिना आधार आठ वर्ष छ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.