खेलविविध

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।

यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि  नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.