जापान

संकटकाल हटेको दुई महिनापछि जापानमा रेष्टुरेन्टहरुमा चहलपहल बढ्यो

कारोना भाइरस महामारीका कारण जारी गरिएको संकटकाल हटेको दुई महिनापछि टोकियोमा रेष्टुरेन्टहरुमा चहलपहल देखिएको छ । चहलपहल बढे पनि अघिल्लो वर्षको यसै अवधिको तुलनामा रेष्टुरेन्ट जानेहरुको संख्या भने आधा मात्रै रहेको एक सर्वेक्षणले देखाएको छ ।

जापानका लगभग ५ हजार ८ सय रेष्टुरेन्टको तथ्यांक संकलन गरी उनीहरुका लागि आवश्यक सफ्टवेर बनाइरहेको टोकियोस्थित सूचना प्रविधि कम्पनी तोरेताले दिएको जानकारी अनुसार गत फेब्रुअरीदेखि कम हुँदै गएको ग्राहकसंख्या अहिले विस्तारै बढ्न थालेको छ ।

अप्रिलमा संकटकाल लगाइएपछि रेष्टुरेन्टहरुमा ग्राहकसंख्या अत्यन्त न्यून थियो भने मेको अन्त्यमा संकटकाल हटाइएपछि ग्राहकको संख्या बढ्न थालेकोा हो । तर जुलाईको तेस्रो हप्तामा ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा आधी मात्र थियो ।

सर्वेक्षणमा के पत्ता लागेको छ भने कतिपय ग्राहक एक्लै वा जोडी मिलेर आउने गर्थथे भने १० जनाभन्दा बढीको सख्ंयामा आयोजित भोजको आयोजना गत वर्षको तुलनामा ८० प्रतिशतले कम भएको छ ।

तोरेकाका संथापक नाकामा हितोशीका अनुसार व्यस्त इलाकामा ठूलो समूह लक्षित रेष्टुरेन्ट अहिले पनि संघर्षरत छन् । उनीहरुले पनि सानो सानो समूहलाई ध्यान दिएर रणनीतिमा परिवर्तन गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.